नियम १०
अनुदान प्राप्त गर्नको लागि पेश गर्नु पर्ने कागजात

(१) नेपाल सरकारबाट पसल सञ्चालको लागि आर्थिक अनुदान प्राप्त गर्न चाहने नियम ५ख. बमोजम छनौट भएका सहकारी संस्थाले देहायका कागजात तथा विवरण संलग्न गरी अनुगमन समिति समक्ष पेश गर्नु पर्नेछ :—

(क) पसल सञ्चालनको लागि नियम ५ख. बमोजिम छनौट भएको प्रमाण,
(ख) सहकारी संस्थाका सञ्चालकको नाम, थर, ठेगाना सहितको तीन पुस्ते विवरण,
(ग) पसल सञ्चालन गर्न शुरु गरे नगरेको विवरण ।